अमेरिकाले दिएको सूचनाका आधारमा चीनले ठूलो मात्रामा लागूऔषध जफत गर्यो


एजेन्सी । अमेरिकाबाट प्राप्त सूचनाको आधारमा चीनले गत महिना तस्करी गरिएको ४३० किलो कोकेन बरामद गरेको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले मंगलबार जनाएको छ ।

मन्त्रालयका अनुसार, अमेरिकाको ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनको सूचनाका आधारमा चिनियाँ अधिकारीहरूले नोभेम्बर २६ मा दक्षिणी सहर सेन्जेनको यान्टियन बन्दरगाहमा रहेको एउटा शंकास्पद अन्तर्राष्ट्रिय कन्टेनरबाट उक्त लागूऔषध बरामद गर्न सफल भएका थिए ।

सुरक्षा मन्त्रालयले अन्य विवरण नखुलाइकन यस घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ ।