प्रभु बैंकका सीईओ अशोक शेरचनसहितलाई ५ दिन म्याद थप

1.4k
Shares

काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन अनुसन्धानका लागि अनुमति दिइएको छ।

उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि थप ५ दिन अनुसन्धान गर्न म्याद पाएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । यसअघि बिहीबार ३ दिन म्याद थप भएको थियो ।

मंसिर १४ गते आइतबार शेरचनसहितका आरोपी पक्राउ परेका थिए । त्यस्तै गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यमाथि पनि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ। उनी १७ गते पक्राउ परेका थिए ।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ ।

करिब १ अर्ब रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । सीआईबीले कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

Skip This