
काठमाडौं । कवि तथा गीतकार विप्लव प्रतीकले अब आफ्नै आवाजमा आफ्ना कविताहरू प्रत्यक्ष प्रस्तुत गर्ने भएका छन् ।
शनिवार प्रतीकले पहिलो पटक आफ्ना कविताहरू प्रत्यक्ष वाचन गरेर ठमेलको टेन एक्स क्लबमा ‘१० एक्स पोएट्री नाइट विद विप्लव प्रतीक’ शीर्षकको विशेष साहित्यिक कार्यक्रम आयोजना हुँदैछ।
साँझ पाँच बजेपछि सुरु हुने यस कार्यक्रममा कवि विप्लव प्रतीकले आफ्ना मूर्धन्य कविताहरू आफैँले वाचन गरेर उपस्थित दर्शक तथा आमन्त्रित पाहुनाहरूलाई सुनाउने छन्।
यस कार्यक्रममा विभिन्न सेलिब्रेटी दर्शकहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।







प्रतिक्रिया