प्रदीप अधिकारीलाई धरौटीमा छोड्ने कि थुनामै राख्ने भन्ने मुद्दामा थुनछेक बहस जारी

14
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रवन्धक ई.प्रदीप अधिकारीलाई धरौटीमा छोड्ने कि थुनामै राख्ने भन्ने मुद्दामा विशेष अदामलतमा थुनछेक बहस सुरु भएको छ ।

अधिकारीसहित ७ जनालाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धानल आयोेगले भक्तपुरमा हेलिपोर्ट बनाउँदा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अधिकारीलाई अख्तियारले मुद्दा दर्तासँगै विशेष अदालतमा अधिकारीलाई पनि पेश गरेको थियो । अधिकारी हालसम्म अख्तियारकै हिरासतमा छन् ।

उनको मुद्दामा आइतबार विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा थुनछेक बहस भइरहेको छ । अख्तियारले अधिकारीसहित ७ जनालाई जनाई १३ साढे १३ करोड रुपैयाँको विगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।