
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
देउवालाई भेट्न ओली शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।
उनीहरुबिच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको जनाइएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन सत्ता गठबन्धनका दुई नेताबीच पहिलो पटक भेटवार्ता भएको हो ।
जेनजी आन्दोलनका क्रमा ओली प्रधानमन्त्री थिए । जेनजी आन्दोलनमा देउवाको घरमा आगजनी भएको थियो भने उनीमाथि कुटपिट भएको थियो।









प्रतिक्रिया