राष्ट्रिय स्तरको विकास बैंकमा ‘चीफ क्रेडिट अफिसर’का लागि दरखास्त आह्वान

287
Shares

काठमाडौं । काठमाडौंस्थित मुख्यालय रहेको एक राष्ट्रिय स्तरको विकास बैंकले चीफ क्रेडिट अफिसर (डेपूटी जनरल मेनेजर) पदका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले विज्ञापनमार्फत् आवश्यक योग्यता र अनुभव पूरा भएका उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको छ । बैंकले निकालेको सूचना अनुसार इच्छुक उम्मेदवारसँग कम्तीमा १५ वर्षको बैंकिङ अनुभव हुनुपर्नेछ, जसमा ५ वर्ष भने कर्पोरेट लेभल क्रेडिट सम्बन्धी काम गरेको अनुभव आवश्यक पर्दछ ।

यसका साथै, राष्ट्रियस्तरको विकास बैंकमा सो पदभन्दा एक तह तल वा ‘क’ वर्गको वाणिज्य बैंकमा सो पदभन्दा दुई तह तलको पदमा लगातार २ वर्ष सेवा अनुभव भएको हुनुपर्ने उल्लेख छ ।

शैक्षिक योग्यातर्फ, उम्मेदवारले व्यवस्थापन, अर्थशास्त्र वा सम्बन्धित विषयमा स्नातकोत्तर डिग्री हासिल गरेको हुनुपर्नेछ र सो डिग्री मान्यताप्राप्त विश्वविद्यालयबाट न्यूनतम सेकेण्ड डिभिजनमा उत्तीर्ण हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

साथै, चार्टर्ड एकाउन्टेन्टहरूले स्नातक तह पूरा गरेको अवस्थामा पनि आवेदन दिन सक्नेछन्।इच्छुक उम्मेदवारहरूले आफ्नो अद्यावधिक सीभी [email protected] मा पठाउनुपर्नेछ । दरखास्त बुझाउने अन्तिम मिति डिसेम्बर १२, २०२५ राखिएको छ ।