गुण्डुमा यस्तो बन्ने भयो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास

763
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घर निर्माण सुरू गरिएको छ ।

एमाले नेता महेश बस्नेतको पहलमा बन्न लागेको ‘ओली कुटी’ को बिहीबार औपचारिक शिलान्यास गरिएको हो । घरको शिलान्यास एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले गरिन् ।

गत भदौ २४ गतेका जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी गरिएको थियो ।

घर जलेपछि बसोबासमा समस्या परेको ओलीका लागि बस्नेतले गुण्डुमा कोठाको व्यवस्था मिलाइका छन् ।

बस्नेतले यसअघि ओलीका लागि गुण्डुमा नयाँ भवन ‘ओली कुटी’ को निर्माण गर्ने जनाएका थिए ।