
काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर स्वतन्त्र रहँदै आएकी उनी कुलमान घिसिङको संरक्षकत्वको उज्यालो पार्टी नेपाल घोषणा सभामा बुधबार सम्बोधन गर्न पुगिन् । त्यसक्रममा श्रेष्ठले जेनजी विद्रोहमार्फत अपदस्त भएका पुराना राजनीतिक दलका नेताहरुलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरुबीच आपसि सहकार्य आवश्यक रहेको बताइन् ।
उनले फराकिलो दृष्टिकोणसहित साझा एजेण्डामा आवद्ध हुन आग्रह गर्दै सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न सबै पक्षलाई आह्वान समेत गरे ।
‘धेरै जनाले सोध्छन् सुमना कहाँ छ ? सुमना एकतामा छ । वैकल्पिक शक्तिहरुबीच एकता हुनैपर्छ । पुरानो राजनीतिक संस्कार जसलाई फाल्नको लागि हाम्रा भाईबहिनीहरुले स्कुल युनिफर्ममा गोली खाएर अपदस्त गरे उनीहरुलाई फेरी कुर्सिमा पुग्नबाट रोक्ने हामी सबैको दायित्व पनि हो,’ उनले भनिन्,’त्यसैले मैले सबैलाई अनुरोध गरे फराकिलो छाति राखौं । एजेण्डामा एकरुपता ल्याऔँ । एजेण्डामा सहकार्य गरेर अब यो देशलाई निकाश दिउँ । अबको बाटो सुशासनको बाटो हो । अबको बाटो विधिको बाटो हो । र अबको बाटो भनेको विभेदरहित समाज निर्माण तथा समान अवसरको प्रदान गर्ने समय हो ।’







प्रतिक्रिया