एयरबसद्वारा ३२० मोडेलका ६ हजार विमानमा सफ्टवेयर मर्मत गर्न आदेश: विश्वव्यापी उडान प्रभावित

189
Shares

काठमाडौं । युरोपेली विमान निर्माता एयरबसले आफूले उत्पादन गरेको सबैभन्दा लोकप्रिय ३२० मोडेलका ६ हजार विमानमा तत्काल सफ्टवेयर मर्मत गर्न विश्वभरका एयरलाइन्सलाई निर्देशन दिएपछि विश्वभरका अन्तर्राष्ट्रिय उडान तालिका व्यापक रूपमा प्रभावित हुने भएको छ ।

नोभेम्बर २८, २०२५ मा जारी गरिएको यो आपतकालीन आदेशले विशेषगरी अमेरिकामा देखिने वर्षकै सबैभन्दा व्यस्त यात्रा सिजन—थ्याङ्क्सगिभिङ पछिको ‘होलिडे वीकेण्डे’ लाई समेत ठुलो प्रभाव पार्ने बताइएको छ ।

५५ वर्ष इतिहासमै ठूलो सफ्टवेयर समस्या
एयरबसका अनुसार यो समस्या कम्पनी इतिहासकै सबैभन्दा ठूलो सफ्टवेयर समस्यामध्ये एक हो । केही हप्ताअघि मात्र ३२० मोडेलका विमानहरूले बोइङ ७३७ लाई ओभरटेक गर्दै विश्वकै सबैभन्दा धेरै डेलिभरी भएको मोडेल बन्न सफल भएका थिए ।
एयरबसले बुलेटिन जारी गर्दै ३२० मोडेलका ३५० भन्दा धेरै एयरलाइन्सका करिब ३ हजार विमानमा यस्तो समस्या आएको थियो ।

एयरबसले विश्वभरिको एयरलाइन्सलाई पठाएको बुलेटिनअनुसार, समस्याको समाधानका लागि विमानले चलाइरहेको सफ्टवेयरलाई अघिल्लो संस्करणमा फिर्ता लैजानुपर्ने छ ।

प्रक्रिया सरल मानिए पनि समस्या फिक्स नगरी विमान नियमित उडान गर्न नपाउने व्यवस्था गरिएको छ । विमानलाई केवल मर्मत केन्द्रसम्म लैजान मात्र अनुमति रहनेछ ।

उद्योग स्रोतहरूको भनाइअनुसार, प्रभावित विमानमध्ये करिब दुई–तिहाइलाई केही समयका लागि ग्राउन्ड गर्नुपर्नेछ ।

समस्या सार्वजनिक भएपछि विश्वका प्रमुख एयरलाइन्सले यात्रुहरूलाई ढिलाइ र रद्द हुनसक्ने चेतावनी दिन थालेका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार अमेरिकन एयरलाइन्सतर्फ ३२० मोडेलका ४८० विमानमध्ये ३४० विमान प्रभावित हुने भएको छ । प्रत्येक जहाजमा समस्या समाधान गर्न कम्तिमा २ घण्टाको समय लाग्ने बताइएको छ ।

यस्तै यो मोडेलको जहाज जर्मनीमा लुफ्थान्सा, भारतको इण्डिगो, युकेको इजिजेट, कोलम्बियाको अभियान्का कम्पनीका जहाजहरु प्रभावित हुने भएको छ । धेरै मुलुकले यो मोडेलको जहाजको टिकट बिक्रीमा आगामी डिसेम्बर ८ तारिखसम्म रोक लगाएको छ ।

विश्वभर करिब ११ हजार ३ सय जहाज ३२० मोडेलका सक्रिय रुपमा उडान भर्दै आएका छन् । जसमा –परिवारका विमान सक्रिय रूपमा उडिरहेका छन् । अमेरिकन, डेल्टा, जेटब्लू र युनाइटेडजस्ता अमेरिकी एयरलाइन्स यस विमानका प्रमुख प्रयोगकर्ता हुन् भने एसिया र यूरोपका कैयौं ठूला एयरलाइन्स यसको ग्राहक छन् ।

पहिलेदेखि नै विमान उद्योगमा यो मोडेलको जहाजले इन्जिन मर्मत ढिलाइ, स्पेयर पार्ट अभाव, र प्राविधिक जनशक्ति अभावको समस्या व्यहोर्दैआएको छ । यसैबीच एकैपटक ६ हजार विमानमा फिक्स आवश्यक भएपछि सयौंैं एयरलाइन्समा ‘शेड्युलिङ्ग चुनौती’ देखिएको छ ।

एरोडाइनामिक एडभाइजरीका विश्लेषक माइक स्टेङ्गेलले अमेरिकी छुट्टी सिजनमै यस्तो समस्या आउनु निकै कठिन समय हो । तर दुई घन्टाको फिक्स धेरैजसो विमानमा राति वा निर्धारित ग्यापमै गर्न सकिने बताए ।

तर उद्योग विशेषज्ञहरूले भने मर्मतका लागि तत्काल पर्याप्त ह्याङ्गर क्षमता नपुग्ने र कतिपय विमान लामो समय सेवा बाहिर रहनसक्ने बताएका छन् ।

समस्याको कारण : सौर्य फ्लेयरले डाटा बिगारेको आशंका

एयरबसले खुलासा गरेअनुसार फिक्स आवश्यक पर्ने मुख्य कारण सौर्य विकिरण विस्फोटले उडान नियन्त्रण प्रणालीमा प्रभाव पार्न सक्ने संकेत पाइएको हो ।

उद्योग स्रोतका अनुसार यो समस्या अक्टोबर ३० मा क्यानकुनबाट न्युयोर्कतर्फ उडिरहेको जेटब्लु को ३२० विमानमा पहिलोपटक गंभीर रूपमा देखापरेको हो । विमानले अचानक उचाइ गुमाएर केही यात्रु घाइते भएका थिए । विमानलाई ट्याम्पा, फ्लोरिडामा आपतकालीन अवतरण गर्नुपरेको थियो ।

यस घटनापछि अमेरिकी विमान सुरक्षाअधिकारले छानबिन सुरु गरिसकेको छ ।

घटना सार्वजनिक भएपछि युरोपेली संघको विमान सुरक्षा एजेन्सीले अनिवार्य आपतकालीन निर्देशन जारी गर्दै फिक्स तत्काल लागू गर्न आदेश दिएको छ ।

एयरबसले पनि ६ हजार विमान प्रभावित भएको पुष्टि गरेको छ ।

उद्योग स्रोतका अनुसार १ हजारभन्दा बढी विमानमा हार्डवेयर परिवर्तन समेत गर्नुपर्ने हुनसक्छ, जसले कतिपय एयरलाइन्सका विमानहरू लामो समय ग्राउन्ड हुनसक्ने संकेत गरेको छ ।

उडानमा ठूलो अवरोध : रद्द, ढिलाइ र पुनः–समायोजन

सफ्टवेयर फिक्सको असर विश्वभर फैलिएको छ । जसका कारण एयर फ्रान्सको ३५ उडान रद्ध भएको छ । दैनिक उडानको ५ प्रतिशत रद्ध भएको हो । यस्तै मेक्सिकोको बोलारिस एयर ७२ घण्टासम्म उडानमा ढिलाई भएको पाइएको छ । त्यस्तै फिन एयरको सफ्टवेयर संस्करण समस्यासम्बन्धी पुष्टि गर्न करिब १ घण्टा समय लागेको थियो । एयर न्यूजिल्यान्डको दर्जनौं विमानको उडान रद्द भएको थियो ।

समस्या कम्प्युटरमा भेटियो
एयरबसका अनुसार समस्या कम्प्युटरमा भेटिएको हो । यो प्रणाली पाइलटको साइट स्टीकबाट प्राप्त आदेशलाई टेल एलिभेटरमा पठाएर विमानको पिच नोज एंगल नियन्त्रण गर्ने गर्छ ।