
एजेन्सी । अमेरिकाको स्पेस फोर्सले गोल्डन डोम प्रतिरक्षा प्रणालीको ठेक्का करिब आधा दर्जन साना कम्पनीहरूलाई दिएको छ ।
उनीहरूले प्रतिस्पर्धी क्षेप्यास्त्र रक्षाको प्रोटोटाइप बनाउन थालेका छन् । यसले भविष्यमा दर्जनौं अर्ब डलर बराबरका ठूलो ठेक्काका लागि दौड सुरु भएको छ ।
ठेक्का पाउने कम्पनीहरूमा नथ्र्रप ग्रुमन, ट्रु एनोमली, लकहीड मार्टिन र एन्डुरिल सामेल छन् ।
यी ठेक्काले शत्रुको क्षेप्यास्त्र पत्ता लगाउने र नष्ट गर्ने अमेरिकी रक्षा मन्त्रालयको योजनामा ठूलो प्रगति भएको देखाउँछ । यसमा अन्तरिक्षबाट क्षेप्यास्त्र नष्ट गर्न सकिने इन्टरसेप्टरहरूको प्रोटोटाइप र सम्बन्धित प्रणालीहरू समावेश छन् ।
गत जुलाई महिनामा रक्षा मन्त्रालयले तयार पारेको प्रस्तुतिमा प्रत्येक इन्टरसेप्टर ठेक्का करिब १ लाख २० हजार डलर हुने संकेत गरेको थियो ।
यी ठेक्काहरूको अझै सार्वजनिक घोषणा गरिएको छैन तर स्पेस फोर्सका प्रवक्ताले ठेक्का दिएको पुष्टि गरे । ठेकेदारहरूको नाम भने खुलाएनन् । प्रवक्ताले ९० लाख डलरभन्दा कमका ठेक्का सार्वजनिक रूपमा खुलाउन नपर्ने नियम छ ।
यो पहिलो चरणमा जित्ने कम्पनीहरूले पछि दर्जनौं अर्ब डलर बराबरका उत्पादनको ठेक्का जित्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यी ठेक्काले अन्तरिक्षमा प्रवेश गर्दा क्षेप्यास्त्रलाई मार हान्ने इन्टरसेप्टरहरूका प्रतिस्पर्धी प्रोटोटाइप विकास गर्न र उपग्रहहरूबाट आउने सिग्नल समन्वय गरी इन्टरसेप्टर प्रक्षेपण गराउने फायर–कन्ट्रोल स्टेशन बनाउन सहयोग गर्छ ।
स्रोतहरूका अनुसार, जुलाई महिनाको प्रेजेन्टेशनमा छापिएको रकमअनुसार स्पेस फोर्सले नर्थ्रप ग्रुमन र एन्डुरिललाई १ करोड डलर बराबरको ठेक्का दिएका छन् ।
यी दुवै लटमा ठेक्का पाएका कम्पनीहरूको नाम पहिले कहिल्यै सार्वजनिक भएको थिएन ।
सरकारले विभिन्न उचाइ र गतिमा आउने खतरा रोक्न चार भिन्न प्रकारका इन्टरसेप्टर विकास गर्न ठेकेदारलाई अनुरोध गरेको थियो । यी ठेक्का भने अझै बाँकी छन् ।
सरकारले तीव्र विकासलाई प्रोत्साहित गर्न अवार्ड पुलको संरचना अपनाएको छ । सबैभन्दा ठूलो ३४ करोड डलरको थुप्रो सफलतापूर्वक कक्षीय परीक्षण पूरा गर्ने कम्पनीहरूले पाउनेछन् । पहिलो स्थानमा रहनेले १२ करोड ५० लाख, पाँचौं स्थानमा रहेकाले ४ करोड डलर पाउने उल्लेख छ ।
अन्तिम पुरस्कार झनै ठूलो छ । उत्पादन ठेक्काको वार्षिक मूल्य १.८ देखि ३.४ अर्ब डलर पाइनेछ । तर उद्योगविद्हरूको अनुमान अनुसार, अन्तरिक्षमा आधारित इन्टरसेप्टर प्रोटोटाइप विकास र परीक्षण गर्न २० करोडदेखि २ अर्ब डलरसम्म खर्च पर्न सक्छ ।
अन्तरिक्षमा आधारित इन्टरसेप्टर कार्यक्रम क्षेप्यास्त्र–रक्षा क्षेत्रमा एक नयाँ अवधारणा हो । यसले हतियारहरूलाई कक्षामा राखेर क्षेप्यास्त्रलाई उडानको शुरुवाती चरणमै नष्ट गर्ने लक्ष्य राख्छ । यसले भूमिगत प्रणालीहरूभन्दा अगाडि नै खतरालाई रोक्न सक्छ ।










प्रतिक्रिया