जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक


काठमाडौं । जाडो याम सुरु हुँदै गर्दा घर–परिवारलाई न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले क्रम्प्टन ब्रान्डले नेपाली बजारका लागि नयाँ स्टोरेज वाटर गिजर मोडेलहरू सार्वजनिक गरेको छ ।

नेपालमा क्रम्प्टन उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेकट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ ।

क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर हीटिङ्ग पर्फर्मन्स र सुरक्षित हीटिङ्ग सिस्टमका कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय छन् ।

यस वर्ष बजारमा आएको ‘एसेन्जा प्लस’ (एएसडब्ल्यूएच–६११५/६१२५) र ‘सोलारियम केयर’ (एएसडब्ल्यूएच(३९१५/३९२५) सिरिजले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो हीटिङ्ग इक्स्पीरीअन्स प्रदान गर्ने कम्पनीको दाबी छ ।

जाडोमा सुरक्षित र भरपर्दो तातोपानी अनुभव

कम्पनीका अनुसार, नयाँ मोडेलहरू स्टोरेज हीटिङ्ग टेक्नोलोजीमा आधारित छन्। जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ ।

एक्जेनिया प्लस सिरिज आधुनिक घरका लागि प्रिमियम हीटिङ्ग पर्फर्मन्स उपलब्ध गराउँछ भने सोलारियम केयर सिरिजले दैनिक प्रयोगका लागि सहज, सुरक्षित र दिगो हट वाटर सलूशन प्रदान गर्छ ।

नयाँ मोडेलका प्रमुख विशेषताहरू
क्रम्प्टनका दुवै नयाँ मोडेलमा उपभोक्ता आवश्यकतालाई ध्यानमा राख्दै निम्न उच्चस्तरीय विशेषताहरू सामूहिक रूपमा समावेश गरिएको छ

रोबस्ट ग्लासलाइन कोटिङ्ग – हार्ड वाटर कन्डिसनमा पनि ट्याङ्कलाई दिगो र सुरक्षित राख्ने।
एलईडी वाटर टेम्प्रचर नोटीफिकेशन – पानी तात्ने क्रममा तापक्रम परिवर्तन तुरुन्त बुझ्न सहयोग गर्ने एलईडी सूचक।
एन्टी(स्केल टेक्नोलोजी – ट्याङ्कभित्र जम्ने खनिज तह रोक्दै दीर्घकालीन प्रदर्शन कायम राख्ने।
तीन बाथिङ्ग मोड – हाइजीन, बेबी केयर र हेयर केयर मोडस परिवारका सबै सदस्यका लागि अनुकूल र सहज।
एक्जेनिया प्लस सिरिजः स्मार्ट एनर्जी म्यानेजमेन्ट टेक्नोलोजी समावेश गरिएको छ। जसले ऊर्जा खपतलाई अनुकूल बनाइ हीटिङ्ग पर्फर्मन्स अझ कुशल बनाउँछ। आधुनिक घरका लागि दिगो, स्मार्ट र प्रिमियम हीटिङ्ग सलूशनका रूपमा यो मोडेल प्रस्तुत गरिएको छ।

सोलारियम केयर सिरिजः फाइभ(स्टार एनर्जी रेटिङ समावेश गरिएको छ। जसले विद्युत् खपत कम गर्दै ऊर्जा–दक्ष तथा लागत–मैत्री हीटिङ्ग इक्स्पीरीअन्स प्रदान गर्छ । दैनिक प्रयोगका लागि स्थिरता, सुरक्षा र भरपर्दोपन खोज्ने उपभोक्ताका लागि यो मोडेल उपयुक्त मानिन्छ ।

देशभरका सीजी डिजिटल सो–रूमहरू, सीजी इलेकट्रोनिक्स डिलर नेटवर्क, तथा प्रमुख ई(कमर्स प्लेटफर्महरूमा नयाँ क्रम्प्टन गिजरहरूको बिक्री सुरु गरिएको छ । सीजी इलेकट्रोनिक्सले आफ्टर(सेल्स सर्भिस, इन्स्टलेशन सपोर्ट, तथा स्पेर पार्ट्स उपलब्धतालाई प्राथमिकतामा राख्दै सहज र छिटो ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।