गत वर्ष चौधरी ग्रुपले तिर्‍यो साढे २५ अर्ब रूपैयाँ कर


काठमाडौं । चौधरी ग्रुपले गत वर्ष साढे २५ अर्ब रूपैयाँ कर तिरेको बताएको छ । ग्रुपका प्रबन्ध निर्देशक चौधरीले गत वर्ष सीजीले २५ अर्ब ५९ करोड रूपैयाँ कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २.३% योगदान दिएको बताए ।

ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था सरकारले गरेको छैन । तैपनि अर्थमन्त्री रामेश्वर खनालले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गरेका छन् ।

निर्वाणले सामाजिक सञ्जालमा खनालले सीजीको योगदानलाई उल्लेख गरेकामा आभार व्यक्त गर्दै लेखेका छन्, ‘चुनौतिबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व छ ।’