
एजेन्सी । भारतको बिहार राज्यको विधानसभा चुनावमा एनडीएले ऐतिहासिक जीत हासिल गदै २०२ सिट जितेको छ ।
यस परिणामपछि अब सरकार गठनको प्रक्रिया अघि बढेको छ । जेडीयूका दुई वरिष्ठ नेताहरू केन्द्रीय मन्त्री ललन सिंह र पार्टीका कार्यकारी अध्यक्ष सञ्जय झा दिल्लीमा रणनीति बनाइरहेका छन् ।
एनडीएका दलहरूमा मन्त्रालय बाँडफाँडको प्राथमिक सहमति बनिसकेको बताइएको छ । अन्तिम घोषणाअघि सामान्य फेरबदल हुन ुक्ने बताइएको छ ।
जेडीयूबाट मुख्यमन्त्री नीतीश कुमार बाहेक १३ देखि १४ जना विधायकलाई मन्त्री बनाइन सक्छ । भाजपाले विधायक संख्याको आधारमा १५ देखि १६ मन्त्री बनाउन सक्छ । लोक जनशक्ति पार्टीबाट तीनजना मन्त्री बन्न सक्छन् । हम र रालोमो जस्ता साना दलबाट एक एक विधायकलाई मन्त्रिपरिषदमा समावेश गर्न सकिन्छ ।
नीतीश कुमार मुख्यमन्त्री बन्ने पक्का छ । दुईजना उपमुख्यमन्त्री हुन सक्छन् । भाजपा र लोजपाबाट एक एकजनालाई उपमुख्यमन्त्री बनाइन सक्ने सम्भावना रहेको बताइन्छ ।
भाजपाका सम्राट चौधरी उपमुख्यमन्त्रीमा दोहोरिन सक्छन् ।








प्रतिक्रिया