
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि कर्फीको न्युनतम समर्थन मूल्य तोकेको छ । सरकारले गत् आर्थिक वर्षमा तोकिएको मूल्यलाई कायम हुने गरी यो वर्षमा निरन्तरता दिएको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार यो वर्ष फ्रेस चेरी, पार्चमेन्ट कफी र ड्राई चेरीको न्युनतम समर्थन मूल्य तोकिएको हो ।
बोर्डका अनुसार यो वर्ष फ्रेस चेरीतर्फ ए ग्रेडको प्रति किलो कफीलाई १०५ रुपैयाँ मूल्य तोकिएको छ । यस्तै फ्रेस चेरीतर्फ नै बी ग्रेडको प्रतिकिलो कफीलाई ९५ रुपैयाँ समर्थन मूल्य तोकिएको छ ।
त्यस्तै पार्चमेन्ट कफीतर्फ ए ग्रेडलाई ५३५ र बी ग्रेडलाई ४८२ रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ । त्यस्तै ड्राई चेरीतर्फ ए ग्रेडतर्फ २८० र बी ग्रेडतर्फ २४७ रुपैयाँ प्रति किलो समर्थन मूल्य निर्धारण गरिएको छ ।
नेपालमा ५ हजार ५ सय १ हेक्टरमा कफीको खेती हुँदै आएको छ । जसबाट ६४१ मेट्रिक टन ग्रिन बिन उत्पादन हुन्छ । नेपालबाट विभिन्न मुलुकमा ११ करोड ४३ लाख ७० हजार रुपैयाँबराबरको ६३ हजार ९ सय ९८ किलो कफी हुँदै आएको छ भने १४ करोड ४१ लाख रुपैयाँबराबरको विभिन्न प्रकारको कफी आयात हुँदै आएको छ ।







प्रतिक्रिया