
काठमाडौं । आयातमा सामान्य वृद्धि भएपनि रेमिट्यान्समा उच्च वृद्धि हुँदा विदेशी विनियम सञ्चिति ३ महिनामै १ खर्ब ७१ अर्ब डलर (३ खर्ब २ अर्ब रुपैयाँ) ले बढेको छ । असोज मसान्तमा नेपालको कुल विदेशी विनियम सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ (१९ अर्ब ५० करोड डलर) पुगेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ (१९ अर्ब ५० करोड डलर) रहेको विदेशी विनियम सञ्चिति ३ महिनामा ११.३ प्रतिशतले बढेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत छ ।
चालु आर्थिक वर्षका ३ महिनामा नै रेमिट्यान्स साढे ५ खर्बभन्दा माथि पुगेको छ । असोजमा २ खर्बभन्दा धेरै रेमिट्यान्स आएको छ । जसले गर्दा विदेशी विनिमय सञ्चित लगातार बढ्दै गएको छ । जसले गर्दा सञ्चिति पर्याप्तता सुचक पनि बढेको छ ।
केही सुधार देखिन लागेको आर्थिक गतिविधिमा जेन–जी आन्दोलनपछि पुन सुस्तता देखिएको छ । जसले गर्दा आयात पनि अपेक्षित रुपमा बढ्न सकेको छैन । तर, रेमिट्यान्समा उच्च वृद्धि हुँदा विदेशी विनिमय सञ्चितसँगै सञ्चिति पर्याप्तता सुचक पनि लगातार बढेको छ ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहन्छ ।
२०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् ।







प्रतिक्रिया