
काठमाडौं । एयरफिल्ड लाइटिङ सिस्टमा समस्या आएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । विमानस्थल बन्दका कारण साँझ साढे पाँचदेखिका सबै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिन्जी शेर्पाले बताए ।
उनका अनुसार रनवे किनारमा राखिएका एयरफिल्ड लाइटमा समस्या देखिएपछि साँझ साढे ५ बजेदेखि विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द गरिएको छ ।
रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या देखिएपछि साँझ साढे ५ बजेदेखि विमानस्थलबाट हुने उडान तथा अवतरण दुवै बन्द गरिएको र अहिले द्रुत गतिमा मर्मतको काम भइरहेको शेर्पाले बताए ।
उनका अनुसार लाइट मर्मत नभएसम्म उडान अवतरण हुँदैन त्यसका लागि मर्मतको काम जारी भइरहेको छ ।
उनका अनुसार अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडानहरू प्रभावित बनेका छन् ।
प्रवक्ता शेर्पाका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजहरूलाई होल्ड गराइएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् । कतिबेला उडान हुन्छ भन्ने अहिले नै भन्न नकिने पनि उनले बताए ।








प्रतिक्रिया