
एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक विद्यालय परिसरभित्रको मस्जिदमा शुक्रबारको नमाजका समयमा भएको विस्फोटमा परेर दर्जनौं मानिस घाइते भई अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ ।
जकार्ताको उत्तरी भागमा रहेको केलापा गाडिङ क्षेत्रमा भएको उक्त विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जकार्ता सिटी प्रहरी प्रमुख असेप एदि सुहेरीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
उनका अनुसार, हालसम्म ५४ जना घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म छ । कतिपयमा जिउ डढेका चोटहरू पनि छन् ।
समाचार च्यानलहरू कोम्पास टीभी र मेट्रो टीभीले विद्यालय वरिपरि प्रहरीले गरेको घेराबन्दीका दृश्य र एम्बुलेन्सहरू तयारी अवस्थामा रािखएका भिडियोहरू प्रसारण गरेका छन् ।
तस्बिरहरू हेर्दा मस्जिदमा ठूलो संरचनात्मक क्षति देखिएको छैन ।








प्रतिक्रिया