सामसङको ‘ग्यालेक्सी एम१७ ५जी’ नेपालमा लन्च, कति पर्छ मूल्य ?

175
Shares

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजको नयाँ मोबाइल ग्यालेक्सी एम१७ ५जी सार्वजनिक गरेको छ ।

प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक एआई फिचरसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक ‘अप्टिकल इमेज स्टाब्लिजेसन’ (ओआईएस) अर्थात् ‘नो सेक क्यामेरा’ प्रविधि ल्याएको छ । अब जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सकिने कम्पनीले जनाएको छ ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी एम१७ ५जी मार्फत हामी एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्‍याउँदैछौँ । ‘नो सेक क्यामेरा’ सहितका नवीन सुविधाहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछ । यो फोन ती युवाहरूका लागि बनाइएको हो, जो निडर, सिर्जनात्मक र सधैँ गतिशील हुन्छन् ।”

ग्यालेक्सी एआईद्वारा सञ्चालित ग्यालेक्सी एम१७ ५जी मा ‘सर्कल टु सर्च विथ गुगल’ र ‘रियल–टाइम एआई एसिस्ट’ जस्ता फिचरहरू समावेश छन्, जसले अन्वेषण, मल्टिटास्किङ र संवादलाई झन सहज बनाउँछ । ६.७ इन्च एफएचडी प्लस सुपर एएमओएलईडी डिस्प्ले रहेको छ ।

ग्यालेक्सी एम१७ ५जीको क्षमता ४जीबी र्‍याम र १२८जीबी मेमरीको मूल्य २५ हजार ९९९ रुपैयाँ पर्नेछ । त्यस्तै, ६जीबी र्याम र १२८ जीबी मेमरी भएको ग्यालेक्सी एम१७ ५जीको मूल्य २७ हजार ९९९ रुपैयाँ पर्नेछ ।