
एजेन्सी । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा मंगलबार राष्ट्रपति क्लाउडिया शेइनबामले नागरिकहरूसँग सडकमा कुरा गर्दैगर्दा एक पुरुषले यौन दुर्व्यवहारका प्रयास गरेका छन् ।
ती पुरुषले सम्भवतः मादक पदार्थ सेवन गरेका थिए । उनको शेइनबामको पछिल्लो भाग छोएर अश्लील हर्कत गरेपछि सुरक्षाकर्मीहरूले हस्तक्षेप गरेका थिए । सुरक्षाकर्मीको हस्तक्षेप ढिलो गरी भएको भनेर आलोचना गरिएको छ ।
उक्त पुरुषले राष्ट्रपतिलाई चुम्बन गर्न खोजेझैं गर्दै उनको शरीर छोएको सामाजिक सञ्जालहरूमा व्यापक रूपमा फैलिएको भिडियोमा देखिन्छ । शेइनबामले हलुका रूपमा पुरुषको हात हटाउँदै आफ्नो मुस्कान यथावत राख्दै उनीतर्फ फर्केकी थिइन् । भिडियोमा उनले चिन्ता नगर्नुहोस् भनिरहेको सुन्न सकिन्छ ।
राष्ट्रपतिको कार्यालयले यस घटनाबारे तत्काल कुनै टिप्पणी जारी गरेको छैन ।
शेइनबाम आफ्ना राजनीतिक गुरु पूर्वराष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर जस्तै जनतासँग प्रत्यक्ष सम्पर्क कायम गर्ने गरेकी छन् । उनी प्रायः भीडमा पसेर सेल्फी खिच्ने र मानिसहरूसँग हात मिलाउने गर्छिन् ।
भिडियोमा उनको सुरक्षा टोली स्पष्ट रूपमा देखिएको थिएन । त्यसले गर्दा उक्त क्षणलाई अझ संवेदनशील बनाएको थियो ।
शेइनबामलाई राजनीतिक हिंसाका घटनाहरूबारे बारम्बार प्रश्न सोधिने गरेको छ । विशेषगरी पश्चिमी मिचोआकान राज्यका एक मेयरको सार्वजनिक हत्यापछि यो प्रश्न ज्वलन्त भएको छ । मंगलबार नै उनले ती मेयरकी पत्नीलाई भेटेकी थिइन् ।
@phoenixtvhk Video shows a man appearing to lean in for a kiss and touch Mexican President Claudia Sheinbaum’s body with his hands while she spoke with citizens in the street in Mexico City’s historic downtown on Tuesday, before a government official intervened. #Mexico #ClaudiaSheinbaum
♬ original sound – Phoenix TV – Phoenix TV








प्रतिक्रिया