जेनजी आन्दोलनको ३६ दिनपछि सार्वजनिक भए देउवा

770
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन् ।

भदौ २४ गते जेनजी प्रदर्शनकारीले देउवाको बूढानीलकण्ठस्थित निवास आजगजनी गरेका थिए भने देउवा दम्पतीमाथि कुटपिट भएको थियो । घाइते देउवा दम्पतीलाई सेनाको सुरक्षाघेरामा उपचार गरिएको थियो । केही दिनअघिमात्र उनी ललितपुर सरेका थिए । नेपाली कांग्रेस केन्द्रीय कार्यसममितिको बैठकमा सहभागी हुन सभापति देउवा पार्टी कार्यालय सानेपा पुगेका हुन् ।

उनी पत्नीसमेत रहेका तत्कालीन परराष्ट्रमन्त्री आरजुसहित बैठक स्थल पुगेका हुन् । देउवा जेनजी आन्दोलनको ३६ दिनपछि सार्वजनिक भएका हुन् ।

पार्टी कार्यालय सानेपाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।