
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन राजनीतिक दलका नेताहरूलाई नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूलाई जिम्मेवारी हस्तान्तरण गरी नयाँ संवादको वातावरण सुरु गर्न आग्रह गरेका छन् ।
थापाका अनुसार विगत १० वर्षदेखि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा प्रधानमन्त्री पद घुम्दै आएको र वर्तमान राजनीतिक समस्याको मूल कारण यही नेतृत्व चक्र हो ।
‘अहिले पनि तपाईंहरू चेतिनुहुन्न? बिदाइ लिन तयार हुनुहुन्न? अझै पनि तपाईंहरू ती नेताहरूलाई हटाउनुपर्ने कुरा बुझ्नुभएको छैन? म सुन्छु तपाईंहरू अझै अधिवेशन र विशेष अधिवेशनको कुरा गर्दै हुनुहुन्छ,’ थापाले भने ।
उनले मतदाताहरूले पनि पार्टीभित्र नयाँ नेतृत्वको माग गरिरहेको उल्लेख गरे।







प्रतिक्रिया