राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई नजिकै रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

शीतल निवासमा जेनजी प्रतिनिधिसँग वार्ता गर्ने कार्यक्रम तय भए पनि स्वास्थ्य समस्या भएकाले उक्त वार्ता स्थगित गरी सोमबारका लागि सारिएको छ ।