हिमालयन बैंकमा रहेको हबिबको सेयर नेसनल लाइफलाई बेच्न राष्ट्र बैंक व्यवस्थापन समितिको स्वीकृति

बोर्डबाट निर्णय भएपछि कारोबार हुने

154
Shares

काठमाडौं । हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलालाई राष्ट्र बैंकको व्यवस्थापन समितिले स्वीकृत दिएर बोर्डमा पुगेको छ । पाकिस्तानका हबिब बैंकले हिमालयन बैंकमा रहेके २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर बिक्री गरी बाहिरिन खोजेको थियो ।

सोही अनुसार हबिबले उक्र सेयर एकमुष्ट बिक्रीको लागि बैंकमा आवेदन दिएको थियो । प्रतिकित्ता न्युनतम ११२ रुपैयाँ ८० पैसाका दरले बिक्री गर्न आवेदन दिएपनि हिमालयन बैंकहरुले बहालवाला सेयरधनीसँग खरिको लागि सुचनका प्रकाशित गरेकोको थियो । जसमा हिमालयन बैंकको बहालवाला सेयरधनी नेशनल लाइफ इन्स्योरेन्सले उक्त सेयर एकमुष्ट ११८ रुपैयाँ ८० पैसामा खरिद गर्नको लागि बैंकले प्रस्ताव पेश गरेकोमा त्यसलाई स्वीकार गर्दै हबिब बैंक र नेशनल लाइफबीच गत साउन अन्तिम साता सेयर खरिद बिक्री सम्झौता भएको थियो ।

लगत्तै स्वीकृतिको लागि राष्ट्र बैंकको स्वीकृतिको लागि पठाएको राष्ट्र बैंकले अध्ययन गरी उक्त सेयर कारोबारका लागि व्यवस्थापन समितिबाट स्वीकृत भएर बोर्डमा पुगेको राष्ट्र बैंक स्रोतले जनाएको छ । चाँडै राष्ट्र बैंकको बोर्डबाट स्वीकृत भएपछि सेयर खरिद प्रक्रिया टुंगिनेछ ।

हबिब बैंकले सेयरबेच्न दिएको निवेदनपछि बैंकले गत जेठ ३० गते एकमुष्ट किनबेच हुने गरी संस्थापक सेयरधनीलाई सूचना निकालेको थियो । सोही निवेदनको आधारमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को निर्देशन नं १० बमोजिम बैंकको बहालवाला कायम सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरिएको थियो । सो आधारमा २ करोड ८० लाख कित्ता सेयर नै खरिद गर्न इच्छुक र क्षमता भएका लगानीकर्ताले मात्रै आवेदन दिनुपर्ने थियो । बैंकका बहालवाला लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने थियो ।

सोही आह्वानका आधारमा बहालवाला ४ संस्थापक सेयरधनीले उक्त सेयर खरिदको लागि आवेदन दिएका हुन् । जसमध्ये सूचना अनुसारको शर्त पूरा गर्नेगरी नेशनल लाइफ इन्स्योरेन्सले मात्र आवेदन दिएको थियो । न्युनतम प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसामा आवेदन दिनुपर्नेमा नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८० पैसामा सेयर खरिद गर्न बोलपत्र पेश गरेको थियो । हबिबले उक्त प्रस्ताव स्वीकार गरेसँगै नेशनल लाइफ र हबिबबीच सेयर खरिद बिक्रि सम्झौता भएको थियो ।

बैंकमा पाकिस्तानको हबिबको १२.९३ प्रतिशत सेयर हिस्सा छ । हिमालयन बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । हबिबले बेच्न चाहेको न्यूनतम मूल्यभन्दा बढीमा नेशनल लाइफले खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।