अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन सरकारको निर्देशन

217
Shares

काठमाडौं । अविरल वर्षापछि देशभरको राजमार्गमा अलपत्र परेका यात्रुलाई आवश्यक खाद्यान्न उपलबध गराउन सरकारले निर्देशन दिएको छ ।

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित जिल्लाका स्थानीय प्रशासन कार्यालयलाई राजमार्गमा अलपत्र परेका यात्रुहरुलाई आवश्यक खाद्यान्न पदार्थ उपलब्ध गराउन निर्देशन दिएको हो ।