
काठमाडौं । सरकारले विपी राजमार्ग आगामी तीन दिनको लागि बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेप्लाञ्चोकले शनिबार अपरान्ह सार्वजनिक सूचना जारी गर्दै आजदेखि सोमबारसम्मको लागि उक्त राजमार्ग बन्द गर्ने निर्णय गरेको हो । बर्षाका कारण बाढी पहिरोबाट यात्रु र सवारी साधनलाई हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रे भञ्ज्याङ भकुण्डेवेशी सिन्धुली सडक खण्ड बन्द गर्ने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

यो निर्णयसँगै उक्त खण्डमा सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको अवागमन पूर्ण रुपमा रोक लागेको छ ।








प्रतिक्रिया