
काठमाडौं । मौसम पूर्वानुमान शाखाले सबै प्रदेशमा साधारणतया बदली रहने जनाएको छ ।
आज बिहान जारी बुलेटिनमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भागमा भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराईको केही स्थान र, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राती पनि कोशी प्रदेश, र बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश थोरै स्थानहरूमा र बाँकी स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको महाशाखाको भनाई छ।








प्रतिक्रिया