
काठमाडौं । दशैंको चाडपर्वको बिदामा समेत नेपाल आयल निगमले आफ्ना डिपोबाट इन्धन बिक्री गर्ने भएको छ ।
निगमले प्रादेशिकसहित केहि सानो डिपोहरु बिदाको समयमा पनि खुला रहने जनाएको छ ।
निगमका अनुसार कोशी प्रादेशिक डिपो बिराटनगर र मधेश प्रादेशिक डिपो अमलेखगञ्ज आगामी सोमबार तथा शनिबार खुला रहनेछ ।
यस्तै थानकोटस्थित बागमती प्रादेशिक डिपो सोमबार, बुधबार र शनिबार खुला रहनेछ । गण्डकी प्रादेशिक डिपो पोखरा र लुम्बिनी प्रादेशिक डिपो भैरहवा सोमबार, मंगलबार र शनिबार खुला रहनेछ ।
त्यस्तै कर्णाली प्रादेशिक डिपो सुर्खेत मंगलबार र शनिबार, सुदूरपश्चिम प्रादेशिक डिपो धनगढी सोमबार, मंगलबार र शुक्रबार खुला रहनेछ ।
खुला भएको दिनमा पम्पहरुले उक्त डिपोबाट इन्धन खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । निगमले तोकिएको दिनमा इन्धन प्राप्त नभएको अवस्थामा सम्बन्धित अधिकारीको नाम र सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ । उक्त अधिकारीसँग सम्पर्क गरी तोकिएको दिन इन्धन खरिद गर्न सकिनेछ ।
उता पेट्रोल पम्पहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले पनि टिका(असोज १६ गते) बाहेकका दिनमा पम्पहरु आँशिक रुपमा खुला रहने जनाएको छ ।
एशोसिएसनका अनुसार काठमाडौं र पोखरास्थित पम्पहरु सोमबार, बुधबार शनिबार, देशभरका अन्य डिपोहरु भने समेबार र शुक्रबारको दिन खुला रहनेछ ।











प्रतिक्रिया