आन्दोलनपछिको पर्यटन प्रबर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरलाई नेपालको सकारात्मक सन्देश प्रभाव गर्ने, पर्यटकीय स्रोत बजारसम्म पुगेर नेपाल आउन आग्रह गर्नेदेखि डिजटल प्रवर्द्धनसम्ममा बोर्डले जोड दिएको छ । पर्यटन व्यवसायीको मनोबल उच्च बनाउन र व्यवसायिक गतिविधिमा पुन सक्रिय गराएर लयमा ल्याउन पर्यटन बोर्डले उल्लेख्य भूमिका खेलिरहेको छ ।

जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमध्येको होटल तथा रेस्टुरेन्ट व्यवसायी प्रभावित हुन पुगेको छ । प्रारम्भिक तथ्यांक अनुसार हाल ३० वटा होटल रेस्टुरेन्टमा क्षति पुगेको छ । आन्दोलनको चपेटामा परेको यस्ता होटल रेस्टुरेन्टमा सामान्यदेखि ५ तारे डिलक्ससम्मका छन् । यी होटलहरु पुनस्थापित हुन कम्तिमा एक वर्ष लाग्ने देखिएको छ ।
आन्दोलनका कारण होटल तथा रेस्टुरेन्टमा काम गर्ने २२ देखि २५ सय जनासम्म मजदुरको रोजगारी गुमेको छ । यस अघि होटल क्षेत्रले कोरोना महामारीका बेला पनि असहज अवस्था भोगेको थियो । त्यतिबेला बन्द भएका अन्नपूर्णसहितका होटलबाट मजदुरले रोजगारी गुमाउनुपरेको थियो । यसपालि पनि पाँचतारे होटलकै मजदुर आन्दोलनको सिकारमा परे ।
एकातिर आन्दोलनले पर्यटक आगमनमा असर गरेको छ भने अर्कोतर्फ पर्यटन व्यवसाय प्रभावितदेखि मजदुरको रोजगारी गुम्मेसम्मको पीडा दोहोरिएको छ । होटल रेस्टुरेन्ट आन्दोलनको भुंग्रोमा परेकै कारण समग्र पर्यटन उद्योगलाई असर गर्यो। पर्यटन उद्योगलाई असर गर्दा अरु समस्या निम्तन नदिन छिटो रिकभरी गर्नुपर्ने आवश्यकता छ ।
पर्यटक आगमन संख्या असोज पहिलो साता ४५ प्रतिशतसम्म घटेको भएपनि विस्तारै रिकभरी हुँदै जाँदा असोज अन्तिम सातासम्मको तथ्यांक अनुसार रिकभरी हुँदै गएको देखिन्छ । पर्यटन क्षेत्रमा जति नकारत्मक असर परेको थियो त्यो भन्दा छिटो सकारात्मक सन्देश प्रभाव गरेर पर्यटक आकर्षक गर्नुपर्ने चुनौती नेपाललाई छ ।
आन्दोलनपछिको पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरलाई नेपालको सकारात्मक सन्देश प्रभाव गर्ने, पर्यटकीय स्रोत बजारसम्म पुगेर नेपाल आउन आग्रह गर्नेदेखि डिजटल प्रवर्द्धनसम्मलाई बोर्डले जोड दिएको छ । पर्यटन व्यवसायीको मनोबल उच्च बनाउन र व्यवसायिक गतिविधिमा पुन सक्रिय गराएर लयमा ल्याउन पर्यटन बोर्डले उल्लेख्य भूमिका खेलिरहेको छ ।
नेपाल आएका पर्यटक रिकभरी हुँदै जान थालेको छ । असोज अन्तिम साताको पर्यटक आगमन अघिल्लो वर्षको असोजको सोही अवधिसँग तुलना गर्ने हो भने पर्यटक रिकभरी ८२ प्रतिशतले भइसकेको छ । यसको अर्थ असोजमा १८ प्रतिशतले मात्रै पर्यटक आगमन घटेको देखिन्छ ।
पर्यटन बोर्डले नेपाल आउने पर्यटक रिकभरी गर्न सम्बन्धित देशबाटै आउने पर्यटकबाट गर्न थालेको छ । बोर्डले ‘नेपाल नाउ’ भन्ने अभियान सुरु गरेर पर्यटक आकर्षित गर्दै छ । यसको लागि नेपाल आएका पर्यटक जहाँ पुग्छन्, त्यहीँबाट नेपाल नाउ भनेर उनीहरुले नै आफ्नो अनुभव सेयर गर्ने काम भइरहेको छ ।
यो अभियान पर्यटकककै लागि विश्वासिलो हुन्छ भने नेपालको सन्देश पनि सकारात्मक जाने र वस्तुस्थिति स्पष्ट हुन्छ । यो अभियान अन्तर्गत सामाजिक सञ्जालबाट लाइभ गर्ने, नेपाली ड्यासपोरा, नेपालका अन्तर्राष्ट्रिय संस्था, प्यासिफिक एसिया ट्राभल एसोसिसन (पाटा) नेपालको केन्द्रीय कार्यालयसहितबाट पर्यटकलाई सकारात्मक सन्देश दिने काम भइरहेको छ । यो काम हरेक दिनजसो हुन्छ ।
नेपालमा अहिले पर्यटक ठप्पै भएको भने होइन्, विभिन्न पर्यटकीय गन्तव्यमा विभिन्न पर्यटकीय गधिविधि गर्नेमा अहिले पनि उल्लेख्य मात्रामा पर्यटक छन् । उनीहरुले नै घुमिरहेका, रमाइहेका र पर्यटकीय गन्तव्यमा देखेका विषयमा जानकारी दिने काम भइरहेको छ । जसले गर्दा स्रोत बजारबाटै पर्यटक आउन सहज हुन्छ । यसले आफ्नै देशका नागरिकले दिएको सन्देश र घुम्न निस्किएका पर्यटकले दिएको जानकारी भनेर अरु विदेशीले पनि पत्याउने वातावरण बन्छ ।
नेपाल आउन सुरक्षित छैन अहिले रोक्नुस् भनेका अमेरिका, क्यानडा, बेल्जियम, भारतसहितका केही देशले नेपाल घुम्न जान असुरक्षित छ भनेर जारी गरेको ट्राभल एजभाइजरी हटाइपछि पर्यटकीय उत्साह पुरानै लयमा देखिन्छ। यसले थप सकारात्मक सन्देश प्रवाह भएको छ ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिएको भारतले आन्दोलनपछि छिट्टै ट्राभल एडभाइजरी हटाउनुलाई सकारात्मक रुपमा लिइएको छ । छिमेकी मुलुक भएकोले पनि भारतले लगाउने ट्राभल एडभाइजरीलाई अरु देशले निकै महत्वपूर्ण रुपमा हेर्छन् । नेपालको पर्यटन प्रवर्द्धन गर्ने विषयमा विभिन्न अन्तर्राष्ट्रिय संघ, संस्था, पर्यटनको स्रोत बजारसम्ममा पर्यटन बोर्डले दिनहुँजसो भर्चुअल्ली अपडेट गर्ने काम पनि पर्यटन बोर्डले आन्दोलन लगत्तै गर्न थालेको छ ।
पर्यटन बोर्डले रिकभरीमा निजी क्षेत्रसँग सहकार्य गरेर आफ्ना गतिविधि बढाएको छ । नेपाल नजाने कि भनेका अन्तर्राष्ट्रिय ट्राभल ट्रेडमा पनि यो पटक सहभागि भएर प्रवर्द्धनात्मक गतिविधि बढाउनतर्फ बोर्ड कृयाशील छ । यसले नेपालको सकारात्मक सन्देश जाने र पर्यटन छिटो रिकभरी हुने विश्वास लिइएको छ ।
यसका साथै पर्यटन बोर्डले दशैं लगत्तै अन्तर्राष्ट्रिय मिडिया, ब्लगर, इन्फुएन्सरहरुलाई पनि नेपाल ल्याउन र उनीहरुबाट प्रवर्द्धन गरिदिन आग्रह गरेका छौं । यसबाट नेपाल सामान्य भइसकेको र घुमघाममा कुनै समस्या नहुने सन्देश दिने छन् । नेपालमा आउन २१ वटा भिडिया तथा ब्लगरहरुले कम्फर्मसमेत गरिसकेका छन् । उनीहरुले नेपालको पर्यटन रिकभरी गर्न सहयोग पुर्याउने छन् ।
यो बाहेक नेपाल आफैंले पनि डिजिटल प्लाटफर्मबाट प्रवर्द्धनको काम गरिरहेको छ । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा नेपालको गन्तव्यको छिटो रिकभरी गर्छ । अहिले बोर्डले गरेको गतिविधि, निजी क्षेत्रको साथ सहयोग र समन्वयका कारण छिटो रिकभरी भइरहेको सन्देश आउन थालिसकेको छ ।
विदेशी निकायहरुले नेपालले गरेको पर्यटकको तीव्र पुनरुस्थानले अर्को सकारात्मक सन्देश दिएको छ । पर्यटनका विभिन्न अन्तर्राष्ट्रिय निकायले पनि नेपालबाट समेत सिक्न सकिने भनेर पर्यटन रिकभरीको सन्देश दिइरहेका छन् । यो नेपालको पर्यटनको लागि निकै राम्रो सन्देश हो ।
आन्दोलन लगत्तै विभिन्न बुकिङ प्लाटफर्ममा यसको असर परेको र धेरैजसो रद्द भइएको भनेका थिए। नेपालमा प्याकेज नलिइन, ट्राभल, ट्रेडबेस पनि पर्यटक आउँछन् । नेपाल पर्यटन ह्याण्डल गर्नमा यस अघिका विभिन्न राजनीतिकदेखि अरु गतिविधिले पनि अनुभवी भइसकेको छ भन्ने सन्देश धेरैले बुझेका छन् ।
नेपालीले नै सुरक्षित छैन नआउनुस् भनेर कहिल्यै भनेको छैन, हरेक गन्तव्यबाट पर्यटकलाई स्वागतसत्कार गर्ने नै गरिएको छ । यसले पनि सकारात्मक सन्देश दिएको छ । नेपालमा ठूलो आन्दोलन तथा निषेधाज्ञासहितको गतिविधिमा पर्यटक लक्षित गतिविधि नभएको, पर्यटकलाई सहजीकरण गर्ने, पर्यटकको सुरक्षा हाम्रो सबैभन्दा ठूलो चासोको विषय भएकोले पनि यसलाई सकारात्मक रुपमा नै प्रवाह गरिरहेको अवस्था छ ।
पर्यटकको विश्वासकै कारण र ठूलो संकटमा पनि पर्यटक जीरो हुन नदिने गरेको प्रयासलाई अन्तर्राष्ट्रिय समूदायले पनि निकै चासोको साथ हेरेको हुन्छ । नेपामा आएका पर्यटक सहरमा मात्रै नभएर गाउँगाउँसम्म पुग्ने हुँदा यसबाट लिने लाभ सबैतिर पुग्छ । त्यसैले पनि पर्यटक ल्याउन प्रतिवद्ध भएर लाग्नुपर्ने हुन्छ ।
नेपाल आउने पर्यटकलाई सकारात्मक सन्देश दिने काम हामीलेले गरिरहेको छौं । कोरोनाको बेलाजस्तो जेनजी आन्दोलनमा पर्यटक कही फसेको र अप्ठ्यारो अवस्थामा नभएकोले यतिबेला सकारात्मक सन्देश गएको छैन । कुनै असहज अवस्था आउँदा पर्यटन बोर्डले निजी क्षेत्रसँग सहकार्य गरेर सटल बस सेवा दिने गरेको छ ।
पर्यटकलाई दिएको सकारात्मक कामलाई हामीले सोही अनुसार तीब्रता दिएका छौं । आगामी दिनमा ठूला आन्दोलन नहुने हो भने नेपालको पर्यटक छिट्टै रिकभरी हुन्छ । पर्यटन क्षेत्रलाई लयमा फर्काउने र आन्दोलन अगाडिकै रफ्तारमा लैजान पर्यटन बोर्ड सधै प्रतिवद्ध छ । बोर्डले गर्ने गतिविधि, अन्तर्राष्ट्रिय प्रवर्द्धन, व्यवसायीलाई प्रोत्साहन गर्न सबै प्रतिवद्ध छ ।
नेपालका निजी क्षेत्र पनि पर्यटकीय सेवा र सुविधा सधै प्रतिबद्ध छन् । पर्यटक ल्याउन उनीहरुले गरेको योगदान, दिएका सेवा, संकटमा पर्यटकलाई कुनै पनि असहज अवस्था सिर्जना भएकोसहितका विषयले थप प्रभावकारी काम गरिरहेको छ ।
(जोशी नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ ) हुन् ।)







प्रतिक्रिया