
काठमाडौं । गुराँस लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । असोज ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्न कर प्रयोजनाको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।








प्रतिक्रिया