सरकारी तथ्यांकमा जलबिद्युत्, कुन प्रदेश गरिब, कुन प्रदेश धनी



काठमाडौं । सरकारको आधिकारिक तथ्यांकअनुसार जलविद्युत्को उत्पादन क्षमतामा प्रदेश नं २ सबैभन्दा कमजोर देखिएको छ ।

नेपालले हालसम्म मान्दै आएको कुल ८३ हजार मेगावाट क्षमता मध्ये प्रदेश नं २ मा मात्रै २०० मेगावाट रहेको छ ।

विद्यमान संघीय संरचनामा जलविद्युत् तर्फ सबैभन्दा कमजोर अवस्था प्रदेश नं २ का लागि रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) काअनुसार प्रदेश नं २ का लागि वैकल्पिक उपाय र सोचको जरुरी रहेको छ ।

कुल जलविद्युत् उत्पादन क्षमताका हिसाबले प्रदेश नं ७ सबैभन्दा धनी रहेको छ । सो प्रदेशको मात्रै १८ हजार १४९ मेगावाट विद्युत् क्षमता रहेको छ ।

यस्तै दोस्रोमा प्रदेश नं ५ रहेको छ । सो प्रदेशको क्षमता १४ हजार ३० मेगावाट रहेको छ । तेस्रोमा प्रदेश नं १ रहेको छ । सो प्रदेशले १२ हजार ९५३ मेगावाट विद्युत् क्षमताको हैसियत राख्दछ ।

चौथोमा प्रदेश नं ३ रहेको छ । सो प्रदेशले १२ हजार ६३६ मेगावाट विद्युत्को क्षमता राख्दछ । प्रदेश नं ४ मा १० हजार २२८ मेगावाट र प्रदेश नं ६ मा ११ हजार ८०३ मेगावाट विद्युत् उत्पादनको क्षमता राख्दछ ।

सरकारले पछिल्लो पटक जल तथा ऊर्जा आयोग मार्फत गराइराखेको अध्ययनले थप क्षमताको बारेमा प्रष्ट पार्ने विश्वास लिइएको छ ।

स्वर्गीय इन्जिनियर हरिमान श्रेष्ठले विद्यावारिधीका लागि तयार पारेको सोधका आधारमा नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको बताइदै आएको छ ।


क्लिकमान्डु