गाजामा एआईबाट सञ्चालन हुने स्मार्ट सिटी बनाउने अमेरिकाको योजना

455
Shares

एजेन्सी । अमेरिका र इजरायलले गाजाबाट सबै प्यालेस्टाइनीहरूलाई हटाएर एआईबाट सञ्चालन हुने स्मार्ट सिटी निर्माण गर्ने योजना बनाएका छन् ।

यसलाई गाजा रिकन्सटिच्युशन इकोनोमिक एक्सलरेशन एन्ड ट्रान्सफर्मेशन ट्रस्ट (ग्रेट ट्रस्ट) नाम दिइएको छ । यस प्रस्ताव अन्तर्गत गाजापट्टिलाई पूर्ण रूपमा ध्वस्त पारिनेछ र त्यहाँ रहेका २० लाखभन्दा बढी प्यालेस्टाइनीहरूलाई स्थायी रूपमा हटाइनेछ ।

त्यसपछि त्यहाँ पर्यटकहरूलाई लक्षित गरी विलासी रिजोर्टहरू बनाइनेछ । दुबईमा जस्तो गरी त्यहाँ उच्च प्रविधियुक्त वाणिज्य केन्द्र पनि बनाइनेछ । त्यस क्षेत्रलाई इजरायली र अमेरिकी लगानीकर्ताहरूको ट्रस्टले व्यवस्थापन गर्नेछ ।

गाजामा बसिरहेका प्यालेस्टाइनीहरूलाई आर्थिक प्रलोभन दिएर त्यहाँबाट हट्नका लागि आग्रह गरिएको छ । प्रत्येक प्यालेस्टाइनीलाई करिब ५ हजार डलर र नयाँ ठाउँमा सेटल हुनका लागि अतिरिक्त रकम दिइनेछ । त्यसको बदलामा उनीहरूले आफ्नो थातथलो छोडेर शरणार्थी बन्नुपर्नेछ ।

उनीहरूलाई डिजिटल टोकन दिइनेछ । त्यस टोकनलाई देखाएर उनीहरूले भविष्यमा घरजग्गा किन्न पाउनेछन् ।

आलोचकहरूले यसलाई जबर्जस्ती विस्थापन गर्ने कार्य र जग्गा हडप्ने काम भनेका छन् ।

यो योजना सार्वजनिक गरेर अमेरिका र इजरायलले गाजालाई नयाँ आर्थिक करिडोरको केन्द्र बनाउन खोजेका हुन् । गाजामा जस्तै गरी अन्य ठाउँमा पनि स्मार्ट सिट बनाइने योजना छ ।