दशैं अवधीभर विपी राजमार्गमा टिपर सञ्चालनमा रोक

224
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेप्लाञ्चोकले दशैं अवधीभर विपी राजमार्गसहित अरनिको राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको छ ।

उक्त कार्यालयले आगामी असोज २२ गतेसम्मको लागि ति दुवै सडक खण्डमा टिपरको सञ्चालनमा रोक लगाएको छ । सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न र नागरिकको अवागमनलाई सहज बनाउने उद्देश्यले टिपर सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा नागढुङगाा–मुग्लिन सडक खण्डको विभिन्न स्थानमा दैनिक रुपमा पहिरो जान थालेपछि दशैंमा घर चाहने यात्रुहरु बिचल्लीमा परेका छन् । आज पनि यो सडक खण्डमा पहिरो गएर सडक पूर्ण रुपमा ठप्प छ । नागढुङगाा–मुग्लिन सडक खण्डमा पहिरो जान थालेपछि उक्त सडक खण्डको यात्रुको चाप अहिले विपी राजमार्गमा परेको छ ।