
काठमाडौं । सानिमा बैंकको लाभांश घोषणा भएको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको ७.३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७००.१५ रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।
असोज ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।








प्रतिक्रिया