भारतीय दूतावासले आफ्ना नागरिकको हकमा नेपालबारे जारी गर्‍यो ‘एडभाइजरी’

1.9k
Shares

काठमाडौं । भारतले जेनजी आन्दोलनयता बिग्रिएको नेपालको अवस्था केही सुधार भए पनि यात्रा गर्दा अझै सावधानी अपनाउन आफ्ना नागरिकलाई सुझाव दिएको छ।

काठमाडौंस्थित भारतीय दूतावासले आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको हो।

नेपालस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपालको स्थितिमा केही हप्ताको तुलनामा सुधार आएको छ। सडक यातायात र उडान नियमित रूपमा सञ्चालन भइरहेका छन्।’

‘यद्यपि नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीले जारी गरेका सल्लाह पालना गर्न सल्लाह दिइन्छ।’

भारतीय दूतावासले आफ्ना नागरिकलाई सहयोग गर्न हेल्पलाइन नम्बर, आपत्‌कालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ।