२३ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित ओरियन्टल होटल्सले बोलायो एजीएम

126
Shares

काठमाडौं । ओरियन्टल होटल्सले २८ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले असोज ३१ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बिहान ११ बजे साधारण सभाका लागि बोलाएको हो ।

सभाका लागि कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजी १ अर्ब १८ करोड ४४ लाख ९४ हजार ९६० रुपैयाँको २६.६३ प्रतिशतका दरले हुने ३१ करोड ५५ लाख ०५ हजार ०४० कित्ता बराबरको हकप्रद सेयर निष्कासनलाई स्वीकृत गर्ने एजेन्डा रहेको छ ।

प्रस्ताविक हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम कम्पनीको परिसरको रिनोभेसन गर्न उपयोग गरिने कम्पनीले बताएको छ । साधारणसभाका लागि असोज २ गतेदेखि ३० गतेसम्म कम्पनीको सेयर दाखिल खारेज कार्य पनि बन्द रहने (बुक क्लोज हुने) छ ।