
काठमाडौं । राष्ट्रपतिको कार्यालय शितल निवासमा टेन्ट टाँगेर तीन मन्त्रीको सपथ हुँदै छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार विस्तार गरेको मन्त्रिरिषदका सदस्यहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाउँदै छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका कारण राष्ट्रपति भवनमासमेत क्षति भएको कारण बाहिर टेन्ट टाँगेर मन्त्रीहरुको सपथ कार्यक्रम राखिएको छ ।
अहिले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकास खनाललाई सपथ खुवाउने कार्यक्रम हुँदै छ ।







प्रतिक्रिया