मन्त्रीहरूको सपथ आज

196
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरूको आज पद तथा गोपनीयताको सपथ हुँदैछ ।

आइतबार पदभारग्रहण गरेकी प्रधानमन्त्री कार्कीले हिजै रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम शीतल निवास पठाएकी थिइन् ।

शीतल निवास जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि आज चौरमा टेन्ट टाँगेर मन्त्रीहरूको सपथको तयारी भएको छ।

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोह आज बिहान साढे ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।