जेनजीद्वारा देउवा चोकलाई ‘जेनजी चोक’ नामाकरण

133
Shares

काठमाडौं । जेनजीका प्रदर्शनकारीले देउवा चोकलाई जेनजी चोक भनेर नामकरण गरेका छन् ।

मंगलबार भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले बुढानिलकण्ठ स्थित देउवा चोकको सडकको भित्तामा लेखेर देउवा चोकलाई सांकेतिक रुपमा जेनजी चोक नामाकरण गरेका हुन् ।

त्यसअघि प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीको आक्रमणमा परि देउवा दम्पत्ती घाइते भएका छन् ।

प्रदर्शनकारीले राजनीतिक दलका कार्यालय, नेताका निजी निवास तथा विभिन्न सरकारी संयन्त्रमा तोडफोड तथा आगजनी गरिरहेका छन् ।