
विराटनगर । कर्फ्यु अवज्ञा गर्दै जेनजीका प्रर्दशनकारीले कोशी प्रदेश सभा हल र जिल्ला प्रशासन कार्यालय मोरङमा आगो लगाएका छन ।
यसपछि उत्तेजीत भीड कोर्इराला निवास र मुख्यमन्त्री कार्यालय अघि तर्फ बढेको छ । मोरङ प्रशासनले मंगलबार विहान प्रदेश सभाहल, जिल्ला प्रशासन कार्यालय वरपर र मुख्यमन्त्री कार्यालय आसपासमा कर्फ्यु जारी गरेको थियो ।
कर्फ्युको अवज्ञा गर्दै प्रर्दशनकारीले प्रदेश सभाहल भित्र पसेर आगो लगाएका हुन् । देवकोटा चोकमा रहेको प्रदेश सभाहलमा प्रवेश गर्नु पहिला प्रर्दशनकारी र प्रहरीबीच पटक पटक झडप भएको थियो । झडपका क्रममा प्रहरीलाई पछि पार्दै प्रर्दशनकारी प्रवेश गरेर आगो लगाएका थिए ।
प्रदेश सभाहलमा आगो लगाएको भीडले त्यहाँ भन्दा एक किलोमिटर उत्तरमा रहेको जिल्ला प्रशासन कर्यालयमा आगजनी गरेका थिए । त्यसअघि उत्तेजीत भीडले नेकपा एमालेको पाञ्चालीमा रहेको पार्टी कार्यालयमा आगो लगाएका थिए । त्यसअघि ट्राफिक चोकमा रहेको प्रहरी बीटमा पनि प्रर्दशनकारीले आगो लगाएका थिए ।

प्रर्दशनकारीले मंगलबार बिहान पुष्पलाल चोकमा रहेको पुष्पलाल श्रेष्ठको सालिक तोडफोड गरेपछि प्रर्दशनलाई कावुमा राख्न मोरङ प्रशासनले मंगलबार विहानै कोशी प्रदेशको राजधानी विराटनगरका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको कर्फ्यु आदेशमा प्रदेश सभा रहेको देवकोटा चोक, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोक, विराटनगर महानगरपालिका वासपास, प्रदेश प्रमुख र मुख्यमन्त्री निवास, जिल्ला प्रशासन कार्यालय परिसर लगायतका स्थानमा अर्को आदेश नभएसम्मकालागि कर्फ्यु लागू गरिएको थियो ।
यसैबीच जेनजीको प्रर्दशन मंगलबार पनि कोशी प्रदेशमा उत्तेजीत बन्दै गएको छ । उत्तेजीत भीडले एमाले झापाको पार्टी कार्यालयमा आगजनी गरेका छन । स्थनीयका अनुसार उत्तेजीत भीडले मंगलबार विर्तामोडमा रहेको एमाले पार्टी कार्यालयमा आगजनी गर्दा प्रहरी उपस्थिती शून्य थियो ।
त्यही भीडले विर्तामोड चोकमा रहेको प्रहरीबीटमा आगजनीको प्रयास गर्दा प्रहरीले गोली चलाएको थियो । त्यसक्रमा चारजना घाइते भएका थिए । त्यसैगरी भीडले विर्तामोड नगरपालिका कार्यालयलाई पनि निशाना बनाएका छन् ।

जेनजीको प्रर्दशनका नाममा उत्तेजीत भीडले राजनीतिक दल र तिनका नेता कार्यकर्तालाई निशाना बनाउनेक्रम सुरु भएको छ । सोमबार अनिश्चितकालीन कर्फ्यु जारी भएको ईटहरीमा प्रर्दशनकारीले मंगलबार पनि प्रर्दशन जारी राखेका छन् ।
उनीहरुले र्इटहरी उपमहानगरपालिका भवनमा सोमबार आगजनी गर्दा प्रहरीले गोली चलाउदा दुई जनाको मृत्यु भएको थियो ।
त्यसक्रमा घाइते एक दर्जन मध्ये इटहरी १६ का २३ वर्षिय अभिषेक श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो । अर्का मृतकको प्रहरीले नाम सार्वजनीक गरेको छैन । प्रदर्शनकारीले जिल्ला अदालतमा समेत तोडफोड गरेका छन् ।








प्रतिक्रिया