जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका १६ प्रदर्शनकारीको शव टिचिङ अस्पताल पुर्‍याइयो

126
Shares

काठमाडौं । सोमबार नयाँ पुस्ताका युवा (जेनजी) हरू ले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा मृत्यु भएकालाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले १६ शव पोस्टमार्टमका लागि अस्पताल आइपुगेको बताएका छन् ।

‘शव ल्याउने क्रम जारी छ । अहिलेसम्म १६ वटा आइपुगकेका छन्, ’ डा चौधरीले भने, ‘बाँकी अस्पतालमा होलान् ।’

डा चौधरीका अनुसार पोस्टमार्टम प्रक्रिया अहिले थालिएको छैन ।

‘प्रहरी प्रशासनले पोस्टमार्टम गर्नका लागि पत्र नदिएसम्म हामीले काम सुरु गर्न मिल्दैन,’ डा चौधरीले भने, ‘ पत्र आएपछि मात्रै पोस्टमार्टमको प्रक्रिया सुरु हुन्छ ।’

अहिलेसम्म आएका शवलाई फिज्रमा राखिएको छ । हिजोको प्रर्दशनका कारण ४ सयभन्दा बढी घाइते र १९ जनाको मृत्यु भएको छ ।