भक्तपुरका यी क्षेत्रमा पनि कर्फ्यु

56
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि कर्फ्यु आदेश जारी गरेको छ।

सोमबार जेनजीको प्रदर्शन हिँसात्मक बनेपछि काठमाडौंसहित देशका विभिन्न भागमा कर्फ्यु आदेश जारी भएको हो ।

मंगलबार बिहान ८:३० बजेदेखि अनिश्चिकालिन कर्फ्यु आदेश जारी गरिएको छ ।

भक्तपुर जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।

कर्फ्यु आदेश जारी भएका क्षेत्र :

-जडीबुटी-राधेराधे-बालकोट निकोसेरा, पेप्सीकोला क्षेत्र
-जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म (२०० मिटर वरपर), पेप्सीकोला मनोहरा पुलदेखि निकोसेरा चोकसम्म,
-कौशल्टारदेखि बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म
-राधेराधेचोकदेखि निकोसेरा चोकसम्म
-बाखाबजार, नेपाल कोरियन मैत्री नगरअस्पताल हुँदै चारदोबाटो चोकसम्म
-सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म
-च्यामासिंह, ताथली हुँदै नालासम्म (काभ्रेजिल्लाको सीमानासम्म)
-दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र
-देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म