त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा स्थगन, स्थगित परीक्षा असोज पहिलो साता

2.6k
Shares

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले आइतबारदेखि सुरु भएको ४ वर्षे स्नातक तह दोश्रो वर्ष(आँशिक तथा मौका) को परीक्षा स्थगन गरेको छ ।

मुलुकभित्र उत्पन्न भएको असहज परिस्थितिका कारण पूर्व निर्धारित तालिकाअनुसारभदौ २४, २५ र २६ गते हुने भनिएको परीक्षा स्थगित गरी आगामी असोज २, ४ र ५ गते पूर्व निर्धारित समय र परीक्षा केन्द्रमा सञ्चालन हुने सूचना जारी गरेको छ ।