
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीलाई उद्धार गरी उपचारका लागि कार्यक्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टोली खटाएका छन् । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नगर प्रहरीको टोलीले अस्पतालहरुमा पुगेर घाइतेहरूको उद्धार र आवश्यक सहयोग गरिरहेको छ ।
मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरी खटाइएको उनले बताए ।
घाइतेहरूलाई सिभिल र ट्रमामा उपचारका लागि ठाउँ नपुगेको अवस्थामा अन्य अस्पतालमा लैजान नगर प्रहरी खटिने उनले बताए । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ६ जनाको मृत्यु भएको छ । अहिले पनि प्रदर्शनकारीले माइतीघर, बानेश्वर, तिनकुने क्षेत्रमा प्रदर्शन जारी राखेका छन् ।
प्रशासनले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शंखमुख क्षेत्रमा कुर्फ्यू आदेश जारी गरेपनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् ।








प्रतिक्रिया