इटहरीमा पनि अनिश्चितकालीन कर्फ्यु

63
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि इटहरीमा निषेधाज्ञा (कर्फ्यु ) आदेश जारी गरेको छ । जेनजीको प्रदर्शन तीब्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा जारी गरेको हो । इटहरी उपमहानगरपालिको कार्यालयमा समेत तोडफोड गरेका थिए ।

प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन सुनसरीले इटहरीको चारकिलला तोकेर निषेधाज्ञा जारी गरेको हो । दिउँसो ३:३० बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

इटहरीको पूर्वमा मिलनचोकदेखि जुट विकासभित्र, पश्चिममा कलंकी मोडदेखि जनता बस्तीभित्र, उत्तरमा हलगडा नेपाली सेनाको ब्यारेक देखि पारुहाङ चोक भित्र र दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै बस पार्क क्षेत्र भित्र चारकिल्ला तोकी निषेधाज्ञा जारी गरेको हो ।