भैरहवा र बुटवलमा पनि निषेधाज्ञा, एमाले कार्यालय घेराउ

175
Shares

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि भैरहवा र बुटवलमा निषेधाज्ञा (कर्फ्यु ) आदेश जारी गरेको छ ।

जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेको हो । बुटवलमा प्रदर्शनकारीले एमाले पार्टी कार्यालय लगायका विभिन्न कार्यालय पनि घराउ गरेका छन् ।

प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन रुपन्देहीले बुटवलको पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवा चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म चारकिल्ला तोकी निषेधाज्ञा जारी गरेको हो ।

यस्तै भैरहवामा पनि पूर्वमा रोहीणी खोला पुलसम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडीहवासम्म र बुटवल बेलहिया सडखण्डको दायाँबाँया १०० मिटरको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।