
काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले सोमबारको जेनजीको प्रदर्शनमा घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ ।
काठमाडौं मेडिकल कलेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नि:शुल्क उपचार गर्ने घोषणा गरेको हो । प्रदर्शनका क्रममा घाइते भएका सबै पक्षको नि:शुल्क उपचार गर्ने गरी सोमबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उपचार गर्दा लाग्ने औषधी एवं औषधीजन्य सामाग्री भने सम्बन्धीत व्यक्तिले प्रबन्ध गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।








प्रतिक्रिया