जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो, अस्पतालमा घाइते भरिभराउ

189
Shares

काठमाडौं । बानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भएको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

दर्शनका क्रममा प्रहरीको गोली लागेका घाइतेले नजिकका दुई अस्पताल भरिभराउ भएका छन् । सिभिल र एभरेस्ट अस्पतालमा दर्जनौं एम्बुलेन्सले घाइते ओसारेका छन् ।