चीनको सैन्य परेड लाइभ हेर्दै छन् ट्रम्प ?

476
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङले जापानविरुद्धको युद्धमा अमेरिकाको योगदान र बलिदानबारे उल्लेख गर्छन् कि गर्दैनन् भन्ने प्रश्न उठाएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेख्दै भनेका छन्, “ठूलो प्रश्न यो हो कि राष्ट्रपति सीले, अमेरिकाले चीनलाई स्वतन्त्रता दिलाउन दिएको ठूलो सहयोग र ‘रगत’ को योगदान सम्झिन्छन् कि ? चीनलाई अत्यन्तै अमैत्री आक्रमणकारीबाट मुक्त गराउन धेरै अमेरिकीले ज्यान गुमाएका थिए।”

“कृपया मेरो तर्फबाट भ्लादिमिर पुटिन र किम जोङ–उनलाई हार्दिक अभिवादन दिनुहोस्, जब तपाईंहरू संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै हुनुहुन्छ” उनले भनेका छन् ।

ट्रम्पले इरानबारे भने कुनै टिप्पणी गरेका छैनन् । चिनियाँ समाचार संस्थाले के ट्रम्पले परेड लाइभ हेर्दैछन् ? भन्ने शीर्षकमा समाचार बनाएका छन् ।