उत्तर कोरियाले नयाँ अन्तर्महादेशीय क्षेप्यास्त्र बनाउँदै, अमेरिकामाथि आणविक आक्रमण गर्न सक्षम

259
Shares

एजेन्सी । उत्तर कोरियाले नयाँ अन्तर्महादेशीय क्षेप्यास्त्र ह्वासोङ–२० बनाइरहेको घोषणा गरेको छ ।

अर्को पुस्ताको यो क्षेप्यास्त्रमा हाई थ्रस्ट सोलिड फ्युल राखेर उत्तर कोरियाले अमेरिकालाई निशाना बनाउन खोजेको विश्लषकहरू बताउँछन् ।

यसअघि उत्तर कोरियाले गत अक्टोबर ३१ मा ह्वासोङ–१९ क्षेप्यास्त्रको परीक्षण गरेको थियो । त्यसको दायरा १५ हजार किलोमिटर छ । त्यति टाढाको दूरीले अमेरिकालाई समेत जोखिममा पार्छ ।

नयाँ क्षेप्यास्त्रको इन्जिनमा १९ सय ६० किलोन्युटनको अधिकतम थ्रस्ट छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सोमवार अन्तर्महादेशी क्षेप्यास्त्रको समेलिड फ्युल इन्जिनको उत्पादन केन्द्रमा निरीक्षण गरेका थिए । त्यसपछि उनी रेल चढेर चीनको राजधानी बेइजिङ पुगेका थिए । उनी भोलि बेइजिङमा आयोजना गरिने विजय परेडमा सहभागी हुनेछन् ।

उत्तर कोरियासँग अमेरिकाको जुनसुकै भागमा आक्रमण गर्न सक्ने क्षेप्यास्त्रहरू रहेको अनुमान गरिएको छ । नयाँ क्षेप्यास्त्रहरूमा आणविक वारहेड समेत जडान गर्न सकिने बताइएको छ ।