
काठमाडौं । दुई तिहाइ नजिकको बहुमत प्राप्त बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० कार्यसम्पादन दिन पूरा गरेको छ । गत फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमत प्राप्त गरेसँगै चैत १३ गते शाहको नेतृत्वमा सरकार बनेको थियो ।
यसपछि, चैत १३ गते नै शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्यो र ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ स्वीकृत भयो । यो कार्यसूचीमा सरकारले २४ घण्टाभित्रै गर्ने कामदेखि एक हजार दिनसम्मको अवधिमा गर्ने थुप्रै कामहरूको समयसीमा तोकेरै सम्पन्न गर्ने घोषणा गर्यो ।
जसअनुसार सरकारले सुशासन र झन्झटरहित प्रशासनसहितका दर्जनौं काम सय कार्यसम्पादन दिनभित्रै सम्पन्न गर्ने उल्लेख गरेको थियो । यही कारण यो सरकारको सय कार्यसम्पादन दिनलाई आम जनता, नागरिक समाज, राजनीतिज्ञ र स्वयं रास्वपा तथा अन्य पार्टीले पनि चासोका साथ हेरिरहेको पाउन सकिन्छ ।
खासगरी, पुराना भनिएका पार्टी र यसअघिका सरकारबाट चरम निराशा भोगेका नागरिकले यो सरकारमाथि निकै ठूलो आशा र भरोसा व्यक्त गरेका थिए । शाह नेतृत्वको सरकारबाट आम नागरिकको जनजीवनसँग प्रत्यक्ष जोडिएका तथा देखिने कामहरू छोटो समयमै सम्पन्न हुन्छन् भन्ने अपेक्षा नागरिकले व्यक्त गरेका थिए ।
यसै सन्दर्भमा सरकारले सय कार्यसम्पादन दिन पूरा गरेको उपलक्ष्यमा क्लिकमान्डु डटकमले विभिन्न क्षेत्रका सर्वसाधारणसँग शाह नेतृत्वको सरकारको सय दिनलाई कसरी हेर्नुहुन्छ? कामदेखि कति सन्तुष्ट हुनुहुन्छ? लगायतका प्रश्न गरेर प्रतिक्रिया लिएको छः
भिडियो: विभूषणकुमार जोशी






प्रतिक्रिया